काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १२ घण्टामा देशका विभिन्न स्थानमा भएको वर्षाको विवरण सार्वजनिक गरेको छ।
महाशाखाले आज बुधबार बिहान ८:३० बजे दिएको विवरणअनुसार पाँचवटा प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको हो।
महाशाखाले भनेको छ, ‘पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ।’