बाघको आक्रमण बाट  एक महिलाको मृत्यु

  • प्रकाशित मिति : June 1, 2021
  • sthaniyasarkar.com

काठमाडौ : बर्दियाको मधुवन नगरपालिका-५ मा पाटेबाघको आक्रमण बाट  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्री रहेकी छिन ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।