साउन २२ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो चरणको खोप दिइने

  • प्रकाशित मिति : August 3, 2021
  • sthaniyasarkar.com

साउन २२ गते देखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो मात्रा दिइने खुलासा रहेको छ।भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप दिइने जिल्ला सवास्थय कार्यालय काठमाण्डौले बताएको खुलासा छ। स्वास्थ्य कार्यालय काठमाडौंका प्रखुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्राको खोप लगाउने कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयको छ। उहाँका अनुसार १ लाख ६५ हजार जनतालाई भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ ।

उहाँले दोस्रो मात्रा खोप लगाएका व्यक्तिहरुले अनिवार्य  रुपमा विद्युतीय दर्ता नम्बर साथै पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर खोप केन्द्र जानुपर्ने खुलाउनु भएको छ । अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालन हुने बताएका छन्। यो साथै विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।

वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन दिईने समेत कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयोको छ। यसै सावन महिना ,१४ देखि १८ गतेसम्म काठमाडौंमा कुल १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जानकारी दिनु भएको छ।