‘सिजनल फ्लु’ हुदा देखिन्छन् यस्ता लक्षण

  • प्रकाशित मिति : August 3, 2021
  • sthaniyasarkar.com

बिभिन्न जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती महीला र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताएका छन्। उहाँको भनाई अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास प्रसासमा गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने र बालबालीकाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।

एक देखी अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उहाँले जानकारी दिनु भएको छ। बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने जनाएका छन् । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्न उहाले आग्रह गरेका छन्।

सिजनल फ्लुबाट बच्न खोक्दा वा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने र पोषिलो झोलपदार्थ साथै पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले प्रमुखले जनाएका छन्।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको बताए। अस्पतालमा बिरामी,ज्वरो आएर आउनेको सङ्ख्या बढेको उनले बताए।अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको संख्या बढ्दै गएको र अस्पताल मा ठाउको अभा्ब हुन लागेको उनले बताए।