शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल-खनाल समुहको ३० हस्ताक्षर

  • प्रकाशित मिति : May 24, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रतिनिधिसभा पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न माधवकुमार नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।

विपक्षी गठबन्धन प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको तयारी छ ।

सर्वोच्च जानुअघि नेकपा एमालेको नेता माधवकुमार नेपाललगायतका नेता सिंहदरबारमा भेला भएका छन् ।  देउवालाई प्रधानमन्त्री बनाउने र संसद पुनःस्थापनाको माग गर्दै अदालत जान लागेका हुन् ।