देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल सुरु

  • प्रकाशित मिति : June 7, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार र सभापति शेरबहादुर देउवा बिच छलफल सुरु भएको हो।

एमालेमा भएको पछिल्लो घटनाक्रमको बारेमा चलेको विभिन्न टिकाटिप्पणी,संचारमाध्यममा सम्प्रेषण भएका विभिन्न समाचार र त्यस बाट हुनसक्ने मतभेद लाई मध्यनजर गर्दै शिर्ष नेता हरु छलफलमा जुटेका हुन। साथै पार्टी एकताको प्रयासमा भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सरेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको स्रोतले जनाएको छ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल–नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ। नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन्। त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो।