नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक चलिरहदा वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड बिच भेट्बार्ता

  • प्रकाशित मिति : July 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन कार्यदलको बैठक चलिरहेको बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए ।कार्यदलको बैठकले विवाद समाधानको नजिक रहेको जानकारी दिइरहदा उक्त भेट्लाइ अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको थियो, स्रोतले जानकारी दिएको छ । ‘माधव कमरेडको स्वास्थ्य अवस्थाबारे कुराकानी भयो । अरु विषयमा कुरा भएन’, स्रोतले भन्यो ।