उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुनसक्ने

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), सिफारिस गरेको छ । काठमाडौंका मयेरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।