उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

  • प्रकाशित मिति : May 4, 2021
  • sthaniyasarkar.com

काठकाडाैँ :  काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक आज(मंगलबार) बस्ने भएको छ। सो बैठकमा कोरोना महामारीले पारेको असरबारे छलफल हुने बताइएको छ। उपत्यकाका तीन जिल्लामा आगामी २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

आजको बैठकले निषेधाज्ञाको समयावधि थप्ने र कडाइ गर्ने सम्भावना छ। तीन जिप्रकाले २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरे पनि सरकारले वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि अत्यावश्यकीयबाहेकका गतिविधिमा कडाइ गर्ने निर्णय गरिसकेको छ।