धुर्मुस सुन्तली फाउन्डेशनलाई धनगढीमा रहेको माया मेट्रो अस्पतालले आर्थिक सहयोग गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)सहितको टोलीलाई शनिबार अस्पतालको टिमले दुई लाख आर्थिक सहयोग गरिएको हो ।
यस्तै ईलेक्ट्रोनिक्सले डिर्लस एशोसियसन अफ नेपालले रङ्गशाला निर्माण अभियानका लागि ३५ हजार ५ सय आर्थिक सहयोग गरेको हो ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन टोली धनगढी पुगेको छ ।