काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेकोक गोल नै निर्णय बन्यो। पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ।
पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ। दोस्रो हुने धनगढीले नगद १५ लाखमा चित्त बुझाएको छ। प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक-एक लाख पाउने छन्।