बक्सिङ विजेता महिलाको सन्देश

  • प्रकाशित मिति : August 6, 2021
  • sthaniyasarkar.com

टोकियोमा आयोजीत ओलम्पिकमा मंगलबार बक्सिङका पदक विजेताहरूले महिला फाइटरका छविबारे सानदार सन्देश दिएका छन् । उनीहरूले आफ्नो सफलताबाट यो खेलमा धेरैभन्दा धेरै महिला खेलाडीहरु सहभागी हुने अपेक्षा राखेका छन् ।

सिना इरी ओलम्पिक बक्सिङमा स्वर्ण पदक जित्ने पहिलो जापानी महिला हुन्। उनले फिलिपिन्सको नेस्थी पेटेसियोलाई अंकका आधारमा हराएको हुन्। पेटेसियो पनि यो खेलमा ओलम्पिक पदक जित्ने पहिलो फिलिपिनी खेलाडी रहेका छन्।

सन् २०१२ को लन्डन ओलम्पिकदेखि मात्रै महिला बक्सिङले प्रवेश पाएको र त्यतिबेला तीन तौल समूहमा मात्र प्रतिस्पर्धा गराइएको थियो। टोकियोसम्म आइपुग्दा पाँच स्पर्धा समावेश गरिएका छन्। यो खेल अधिक लोकप्रिय बनेको छ  भने त्यी महिला बक्सरहरूको मान्यताचाहिँ यो खेलले अझै धेरै चर्चा पाउनुपर्ने भन्ने रहेको छ ।

ओलम्पिकमा बक्सिङबाट पहिलो स्वर्ण जितेकी २० वर्षीया सिनाले भनिन्, “सामान्यतः म खेलमा वास्तवमै राम्रो छैन त्यसैले यो स्वर्णले सबै केटीहरूलाई यो सन्देश मिल्नेछ की जसले आफूलाई खासै राम्रो खेलाडी मान्दैनन् र आफुले जति लामो समय प्रयास गरछन् उनीहरूले कुनै न कुनै कुरा बिजेता हासिल गर्नेछन् ।”

कांस्य पदक विजेता इटालीकी इर्मा टेस्टाले पनि सिनाकै भनाइलाई समर्थन गरेकी छन्।आफ्नो देशको बक्सिङ इतिहासमा महिला बक्सरको तर्फबाट एउटा सानो हिस्सा ओगटेकी २३ वर्षीया इर्माले भनिन्, ‘मेरा लागि इटालीमा महिला बक्सिङलाई अधिक लोकप्रिय बनाउन पनि पदक जित्नु महत्त्वपूर्ण थियो र महिला बक्सिङमा यो इटालीका लागि पहिलो पदक हो । बक्सिङ खेल महिलाका लागि पनि हो, पुरुषका लागि मात्र होइन भन्ने कुरा  यो पदक देखाएर म मेरो देशका केटीहरूलाई उत्साहीत बनाउन चाहान्छु।

तमाम चुनौतीहरूका बाबजुद महिला बक्सिङलाई केही देशहरूले अझैसम्म पनि आधिकारिक खेलको मान्यता नदिएका र रुढीवादी संस्कार र धार्मिक अन्धविश्वास भएका देशहरूले महिलाको उपस्थिति स्विकार्न नसक्नु पनि अर्को चुनौती रहेको बताईन्। स्वर्णधारी सिनाले भनेअनुसार केही मानिसमा यो प्रभाव छ ‘महिला बक्सरहरू हिंस्रक, डरलाग्दो र आक्रामक हुन्छन् ।त्यो सत्य कुरा होइन,’ उनले प्रस्ट पारिन्, उनी बक्सरहरूको आक्रामक छविलाई मेटाउन चाहान्छन् ।

सवै जजहरूले सिनाको जिततर्फ इशारा गरेपछि उनी हातले मुख छोपेर रून थालिन् र उनले आफूप्रति गर्व महसुस गर्दै आफ्नो समुदाय पनि भावुक बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्-“यो मेरा लागि धेरै नै महत्त्वपूर्ण छ र यो मेडल मेरो लागि मात्र होइन, मेरो देश, प्रशिक्षक अनि यही वर्ष निधन भएको मेरो सबैभन्दा मिल्ने साथीका लागि हो।”