उर्लाबारी नगरपालिकाले५० प्रतिशत अनुदानमा पावर टिलर ट्याक्टर वितरण

  • प्रकाशित मिति : March 15, 2021
  • sthaniyasarkar.com

उर्लाबारी नगरपालिकाले  आइतबार कृषक समुहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर ट्याक्टर वितरण गरेको छ ।  नगरपालिकाको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरी उर्लाबारीका ८ वटा वडाका कृषक समुहलाई सो पावर टिलर वितरण गरेको हो ।

 

नगरपालिकाका प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले कृषक समुहलाई सो पावर टिलर वितरण गर्नुभएको थियो । कृषि शाखाका अधिकृत अम्बिकाप्रसाद लुईँटेलका अनुसार उर्लाबारी वडा नम्बर १, ४,५,६,७ र ९ का कृषक समुहलाई एकरएक वटा तथा वडा नम्बर २ र ८ का कृषक समुहलाई दुईरदुई वठा पावर टिलर वितरण गरिएको हो । यस्तै उर्लाबारी च्याउ उत्पादक समुहलाई एक थान च्यापकटर मेसिन पनि हस्तान्तरण गरिएको थियो ।