काठमाडौं। कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर नै नर्भिक अस्पतालका डा. राजीव झा ले बताएका छन् । उनका अनुसार जोशीको स्वास्थ्यमा खाशै सुधार आउन सकेको छैन् ।
बीचमा केही सुधार देखिइपनि शनिबार देखि यता भने स्वास्थ्यमा झनै गम्भीर समस्याहरु देखिएको झा ले जानकारी दिनुभयो।
जोशीलाई मस्तिष्कघात भएर अस्पताल पुर्याइएको थियो ।अहिले पनि जोशी कोमामै रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सानो शल्यक्रिया पछि सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको छ