कांग्रेस नेता जोशीको उपचारको लागि सरकारले १० लाख सहयोग गर्ने

  • प्रकाशित मिति : March 19, 2021
  • sthaniyasarkar.com

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले  १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन्।

जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।

गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक इन्टरनेशनल अस्पतालमा जारी छ।

चिकित्सकहरुले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन्।­