”हिन्दु धर्मशास्त्रमा आधारित हुँदै स्थापित परम्परा अनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (मंसिर १ गते ०७७ सोमवार) दाजुभाइले दिदीबहिनी बाट११ बजेर ३७ मिनेटमा टीका ग्रहण गर्दै छन्।”
यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाएर मनाइँदै छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ।