आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

  • प्रकाशित मिति : October 24, 2021
  • sthaniyasarkar.com

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ ।

६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज (कार्तिक ७)र भोलि (कार्तिक ८) भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो  ।

स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।