रसुवा बाढी अपडेट : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ । सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला […]

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी र डुबानको जोखिममा

चितवन । चितवन जिल्लाका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख  २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ। बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ। यस्तै, भरतपुर […]

वैशाखयता विपद्कामा परि ८४ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं । यो वर्ष  वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्। चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु […]

भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीय चार सय ८५ जनालाई उद्धार गरेको हो । बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ […]

यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम […]

नदी किनारका चितवन बासिन्दालाई अलर्ट माइकिङ

चितवन । त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर वाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको वाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले बताए । प्रवक्ता खनालले गएराति भारी वर्षा भएको र पानीको मुहान […]

बाढीबाट जैमिनी नगरपालिकामा दुई घर विस्थापित, विद्युत आयोजना बगाउदा गाउँ नै अन्धकार

बागलुङ । अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो । बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताएका छन् । आयोजनाका प्राविधिक […]

सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

काठमाडौं । चीन स्वशासित तिब्बतको न्यालममा वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन सन्देश प्रवाह गरेका छन्। चिनियाँ अधिकारीहरुले बर्षाका कारण बाढी आउन सक्ने खतराको संकेत गरेलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार दिउँसो सूचना जारी गरी नागरिकहरुलाई सतर्कता अपनाउन अपिल गरेको छ। तिब्बतमा अझै भारी वर्षा हुनसक्ने मौसमविद्को चेतावनीपछि सीमामा […]

मुस्ताङमा लेदोसहितको बाढी

मुस्ताङ । मुस्ताङमा गेग्य्रान र लेदोसहितको बाढी आएको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ स्थित चुम्जुङ खोलामा एक्कासि लेदोसहितको बाढी आएको हो। उक्त खोलाको बाढीका कारण थप जोखिम ननिम्त्याओस् भनेर सशस्त्र प्रहरीले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको जनाएको छ। खोलाका तटीय क्षेत्रहरू छुसाङ, कागबेनी, जोमसोमलगायत क्षेत्रमा सतर्कता अपनाइएको बताइएको छ। हिमालपारिको जिल्ला मुस्ताङम खासै पानी पर्दैन। […]

यी हुन् भोटेकोसीको बाढीमा बेपत्ता १८ जना (नामावली)

रसुवा । रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्। यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यी हुन् बेपत्ता ३ प्रहरी […]