त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

रसुवा । त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ। गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। धादिङको […]
रसुवाको बाढी धादिङ प्रवेश, सतर्क रहन आग्रह

धादिङ, असार २४ गते । भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ । बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । त्रिशुली नदीमा आएको भीषण बाढी हेर्नका लागि स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसेर हेरिरहेका छन् भने गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा बाढी कुरिरहेका छन् । […]
रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बाढीले बगायो

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका कन्टेनर र गाडी बगाएको छ । रसुवागढी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका १५० युनिट जति गाडी बगाएको भन्सार कार्यालयले अनुमान गरेको छ । रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार निर्माणाधीन ड्राइपोर्ट र त्यहा राखिएका सबै गाडी बाढीले बगाएको छ । उनले यति नै मात्रामा गाडी […]
रसुवा नाकामा भिषण बाढी – मितेरी पुलसँगै सयौं मालबाहक गाडी बगायो

काठमाडौं । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गएरातिको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही […]
मनसुनजन्य विपद : काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपदमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा परको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपदमा उक्त संख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो । समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित […]