काठमाडौं । यो वर्ष  वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्।

चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।

त्यसैगरि जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ।

यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठजना, सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

त्यसैगरि जंगली जनावरको आक्रमणबाट ४३ जना, हवाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, पर्सले डसेर २२ जना, बाढीपहिरोबाट १३ जना, वन डढेलोमा परेर २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना घाइते भएका छन्।

हिजो बिहीबार मात्रै विपद्का घटनामा परेर ४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते र ६ जना नै बेपत्ता भएका छन्।

हेर्नुहोस् प्राधिकरणको तथ्यांक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *