चौताराको टुँडिखेल मिनि रंगशाला निर्माणमा पुनः म्याद थप, ४ वर्षमा आधा मात्र काम

सिन्धुपाल्चोक, चौतारा । चौतारामा निर्माणाधीन मिनि रंगशालाको काम चार वर्ष बितिसक्दा पनि आधा मात्र सम्पन्न हुँदा बागमती प्रदेश सरकारले म्याद फेरि एक वर्षका लागि थप गरेको छ। अब यो योजना २०८२ असार मसान्तसम्म सक्नुपर्नेछ। २०७७ असार २३ गते सम्झौता भई सुरु गरिएको रंगशाला निर्माण १८ महिनामा सक्ने लक्ष्य थियो। तर, ठेक्का लिएको गिरि–सुनकोसी जेभीले तोकिएको समयमै […]

चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित फार्ममा करेन्ट सर्ट भएर आगलागी, ५० वटा बाख्रा मरे

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका […]

चौतारा साँगाचोकगढी नगरपालिकाः अतिथि सत्कारमा सकियो असी लाख रुपैयाँ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले गत आर्थिक वर्षमा अतिथि सत्कार शीर्षकमा असी लाख रुपैयाँ खर्च गरेकाे छ । नगरले बिनियोजन गरेकाे असी लाख रूपैयाँ शत प्रतिशत खर्च भएको देखाएको छ । विविध र अतिथि सत्कारको नाममा यति ठूलो रकम सकिएपछि महालेखा परीक्षकको कार्यालयले यसलाई नियम विपरित भनेको छ ।  यो खर्चलाई मितव्ययी बनाउन नगरपालिकालाई महालेखाले भनेको छ […]

चौतारा साँगाचोकगढी नगरपालिका भित्र ठुलो मात्रामा म्याद गुज्रिएका खाद्यपदार्थ फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गतको साँगाचोक बजारमा  ठुलो मात्रामा म्याद गुज्रिएका खाद्यपदार्थ फेला परेका छन्। प्रमुख जिल्ला अधिकारी मुक्ति बास्तोलाको अध्यक्षतामा भएको बैठकको निर्णयअनुसार उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेलसहितको टोलीले बिहीबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यपदार्थ फेला परेको हो । बजारमा विना इजाजत सञ्चालित एक मेडिकललाई १० हजार रुपैयाँ […]

वर्षाले सिन्धुपाल्चोकको लिपिङ बजारमा क्षति, लिपिङदेखि सिम्ले बस्ती सम्ममा सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोक। मंगलबार राति परेको वर्षाका कारण जिल्लाको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति भएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पु¥याएको इलाका प्रहरी कोदारीले स्थनीय सरकारलाई जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय सुनिता श्रेष्ठको एक तले जस्ताले बनेको घर पूर्ण रूपमा भत्किएको छ भने पदम श्रेष्ठ र फूलमाया तामाङको घरको […]