सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले गत आर्थिक वर्षमा अतिथि सत्कार शीर्षकमा असी लाख रुपैयाँ खर्च गरेकाे छ । नगरले बिनियोजन गरेकाे असी लाख रूपैयाँ शत प्रतिशत खर्च भएको देखाएको छ ।
विविध र अतिथि सत्कारको नाममा यति ठूलो रकम सकिएपछि महालेखा परीक्षकको कार्यालयले यसलाई नियम विपरित भनेको छ । यो खर्चलाई मितव्ययी बनाउन नगरपालिकालाई महालेखाले भनेको छ ।
नीति र विधि बाहिर गएर गरिएको यस्ता खर्च उपलब्धि विहीन हुने कानुनमा उल्लेख छ । त्यसोत नगरपालिकाको विविध शीर्षकमा मात्र तीस लाख रुपैयाँ सकेको छ ।
आन्तरिक आयको परिधिभित्र रहेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम औचित्यको आधारमा यस्ता खर्च गर्न बजेट बिनियोजन गर्न पाउने उल्लेख छ ।