साताको अन्तिम दिन कारोवार रकममा पनि करेक्सन

  • प्रकाशित मिति : June 17, 2021
  • sthaniyasarkar.com

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ५२ अंकले घटेको नेप्से आज पनि एक दशमलव २९ अंकले घटेर २९ सय ६८ दशमलव ४३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंकले घटेर पाँच सय ४१ दशमलव १२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २३ वटा कम्पनीको एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोबारमा दुई करोड तीन लाख ६५ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ९० करोड ४९ लाख ५८ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

आज कुल १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ६ अंकले घटेर एक हजार नौ सय सय ७० दशमलव ७४ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि ६४ दशमलव ७४ अंकले घटेर पाँच हजार तीन सय ८८ दशमलव चार अंकमा पुगेकोमा छ ।

यीबाहेक जलविद्युत्, ट्रेडिङ, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् । निर्जीवन बिमा समूहको सूचक भने आज ५२ दशमलव ९८ अंकले बढेर १५ हजार एक सय ३४ दशमलव ४३ अंकमा चढेकामा जीवन जीवन बिमा समूहको सूचक पनि १५ दशमलव पाँच अंकले बढेर १८ हजार दुई सय ५६ दशमलव ४० अंकमा चढेको छ ।

विकास बैंक, होटेल तथा पयर्टन, फाइनान्स र अन्य समूहको सूचक पनि बढेका छन् । आज खानीखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले बढेर तीन सय एक रुपैयाँमा कारोबार हुँदा सीईडीबी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९६ प्रतिशतले घटेर छ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १९ सय १५ रुपैयाँ अन्तिम मूल्यमा ७६ कारेड ७४ लाख ७५ हजार सात सय १६ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दाा बढी हो ।