प्रधानमन्त्री देउवाले देशभरका जनभावनाको उच्च कदर गर्दै त्तकाल एमसीसी पारित नगर्ने निरण्य गरेका छन्।
एमसीसी पारीत विरुद्ध चारैतर्फ विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिन्छन् । सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा पेश नगर्न संकेत दिएका छन्।
अमेरीकी राष्ट्रले एमसीसी छिटो भन्दा छिटो पारित गर्न दबाब दिँदै आएको छ । स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको आकलन गरेको छ ।
एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो र यस मार्फत नेपाललाई कुल ५६ अर्ब रुपैया प्राप्त हुने जनाईएको छ ।