काठमाडौँ : कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै प्रशारण गर्न रोकिएको रोकिएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ ।
पुनः आजबाट निर्धारित समयमै कार्यक्रम प्रशारण हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको थियो ।
यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना पोजेटिभ देखिएपछि शो नै प्रभावित भएको थियो । कोच प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्तर्गत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।