काठमाडौं : वरिष्ठ गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।
अन्य सहभागिलाई पनि कोरोना देखिएपछि चर्चित रियालिटी सो भ्वाइस अफ नेपालले गतसाता सो नै स्थगित गरेको थियो ।