आगोले जलेर किरियापुत्री दम्पतीको मृत्यु

  • प्रकाशित मिति : June 4, 2021
  • sthaniyasarkar.com

काठमाडौ : संखुवासभाको मादी नगरपालिका-५ मा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको  ज्यान गएको छ । मृत्यु हुनेमा ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहाल रहेका छन।

बुबा कृष्णप्रसाद दाहालको सात दिनअघि निधन भएपछि चार छोरा र छोरीहरु मूल घरमा काजकिरियामा बसेका थिए । राजेन्द्र र कमला बिहीवार आफ्नै घरमा रहेका बेला राति आगलागी भएको खबर आएकाे मादी नगरपालिका–५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो ।

आगलागीबाट गम्भीर घाइते भएपछि ओखरबोटे बजार ल्याउँदै गर्दा उनीहरुकाे बाटैमा ज्यान गएको वडाध्यक्ष दाहालले बताउनु भयाे ।