तुम्लिङ्टार विमानस्थलमा परीक्षण उडानसुरु

  • प्रकाशित मिति : June 5, 2021
  • sthaniyasarkar.com

संखुवासभा : पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ ।जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो ।

तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताए ।

पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमनसमेत गरेको अफिसर पोखरेलले जानकारी दिए । उनले भने, “आजको परीक्षण उडान सफल भयो, दुई हप्ताभित्र यसको रिपोर्ट आउने छ ।” रिपोर्टमा तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताए ।