कोरोना महामारीमा बर्ड फ्लूको आक्रमण

  • प्रकाशित मिति : May 26, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : काठमाडौँको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि भएको हो ।
टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिएका छन। उनले भने, ‘विस्तृत विवरण मन्त्रालयमा (कृषि विकास तथा पशुपन्छी) रिपोर्टिङ गरेपछि सार्वजनिक गर्नेछौँ ।’