वडाध्यक्षको कोरोनाको कारण मृत्यु

  • प्रकाशित मिति : May 22, 2021
  • sthaniyasarkar.com

काठमाडौ : मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि उपचाररत थिए।

शनिबार मध्यान्ह विर्तासिटी हस्पिटल विर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए।