मोरङ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०२७ जना कोरोना संक्रमित थपिएका छन् । आज गरिएको २ हजार २२० जनाको पीसीआर परीक्षणमा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ ।
आज गरिएको परिक्षणमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, तेह्रथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।