काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
चैत २ गते बस्ने सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । उनले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार बैठक स्थगित गरिएको बताएका छन्।
‘सोमबार १२ः३० बजे बस्ने गरी फागुन १९ गते सूचना प्रकाशित गरिएकोमा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको’, सूचनामा भनिएको छ।
फागुन १९ गते बोलाइएको बैठक पनि स्थगित गरेर चैत २ गतेका लागि बोलाइएको थियो । नेकपा एमाले र माओवादी केन्द्र विभाजन भएपछि बैठक बस्न सकेको छैन्।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भइसकेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विभिन्न कारण देखाउँदै बैठक स्थगित हुँदै आएको छ।