काठमाडौं: कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए। जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ। जिल्ला अस्पतालमा १०३ आइसोलेसन शय्या, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिण्डर खरिद गर्न वुधबार बोलपत्र आह्वान गरिएको छ। त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए। प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ।
जाजरकोटमा थपियो २साता निषेधाज्ञा
- प्रकाशित मिति : May 15, 2021
- sthaniyasarkar.com
