मोडेर्नाको कोभिड-१९ सम्वन्धी नयाँ खोपले झन्डै ९५ प्रतिशत सुरक्षा दिने

  • प्रकाशित मिति : November 16, 2020
  • sthaniyasarkar.com

एउटा नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ।

फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ।

दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ

मोडेर्नाले यसलाई एउटा “ठूलो दिन” भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ। यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो । यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ।

“समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ। यो ठूलो दिन हो,” मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले बीबीसी न्यूजलाई भने।                              दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विका

सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन। तर प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन।

खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ। (समाचार एजेन्सी)