अनुपस्थितको रणनीतिमा नेपाल-खनाल समुह

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा केपी शर्मा ओलीको कुनै प्रतिक्रिया नआएपछि संसदको बैठकमा अनुपस्थित हुने भएका छन्।

सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमा केपी शर्मा ओली कुनै प्रतिक्रिया नआएपछि संसदको बैठकमा अनुपस्थित हुने निर्णयमा पुगेको हो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो। सांसदको बिशेश अधिबेशन आज दिउँसो १ बजे बस्दैछ।