टिपर दुर्घटनामा परी टिपर चालककाे मृत्यु

  • प्रकाशित मिति : April 21, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।

सुनवलबाट माथागढी-५ चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटना थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको बताइएको छ।