माओवादी केन्द्रको सोमबार बाेलाएकाे स्थायी कमिटी बैठक स्थगित

  • प्रकाशित मिति : April 19, 2021
  • sthaniyasarkar.com

 काठमाडौंः सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।