जिल्ला प्रशासन कार्यालयले भाडा बढाएपछि डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

  • प्रकाशित मिति : March 31, 2021
  • sthaniyasarkar.com

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको बताएका छन। जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो।

 

‘हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो,तर घटाइएको भाडामा यात्रु बोक्दा रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा परेको र सम्भव नै नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको बताएका छन । दर्जनौँ जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै।’

‘तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि रु ५० घटाइएको हो’, पाण्डेले भने, ‘सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरु आफूखुशी गर्छन्।’

सर्वसाधारण र व्यवसायी दुवै पक्षलाइ मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताए।

सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० बाट घटाएर रु ३०० मा झारेको थियो।

जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर संकलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो। तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै घटाइएको भाडामा यात्रु बोक्नु नसक्ने भन्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन्। दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरु सञ्चालनमा छन्।