चैत १४, राेल्पा । राेेेल्पाकाे त्रिवेणि गाउपालिका दिवाङ्खाेलामा आज दिउँसो आगलागी हुदा तीन घर पूर्णरूपमा जलेर नष्टभएका छन् । स्थानीय कर्ण बहादुर पुनले सामान्य घरायसी बिवाद पछि घरमा आगाे लगाएकाे पाइएकाे छ । कर्ण बहादुर पुनले लगाएको आगाेले गणेश राना र नाेखिरामा बस्नेतकाे घरमा समेत आगलागी भएकाे हाे।
घरमा आगलागी भए सँगै घरमा रहेकाे नगद गरगहना अन्नपात लत्ताकपडा भाँडाकुँडा सबै जलेर नष्ट भएका छन। जनप्रतिनिधि ,स्थानीय बासिन्दा ,प्रहरी लगाएतले आगाे नियन्त्रणमा लिएका थिए भने आगलागीबाट भएकाे क्षेतिकाे पूर्ण तथ्यांक आउन नसकेको वडा न २ का वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिनु भएकाे छ ।