भक्तपुर– सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतद्वारा २ दिने अनुशिक्षण कार्यक्रममा शिक्षिकाको भुमिका निर्वाह गरेको] छिन ।सूर्यविनायक नगरपालिकाको १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजनमा सिरुटारका महिला समूह तथा आमा समूहका महिलालाई उद्यमी बनाउने उद्देश्यले पालिकाले अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा शिक्षिकाको भुमिका निर्वाह गदै कक्षामा उनले विश्वको महिला आन्दोलनसँगै नेपालको अवस्थाबारे ४० जना महिलालाई पढाउँदै थिइन् । सहभागी महिला (विद्यार्थी) लाई सुनाउँदै थिइन्, ‘महिला हिंसा गर्न कुटपिट या जबर्जस्ती मात्रै होइन, कसैको घोचपेच, वचन या अप्ठेरो पर्ने व्यवहारले समेत हिंसा हुने गर्दछ ।
महिला हिंसा रोक्न उनीहरूमा आर्थिकसँगै सामाजिक क्षमता हुनुपर्ने औँल्याउँदै उनले भनिन्, ‘यसका लागि पालिकाले महिलालाई सहयोग गर्नेछ । महिलालाई उद्यमी बनाउनेछौँ । महिलामार्फत व्यवसाय सञ्चालन गर्छौं ।’
कार्यक्रममा सिरुटारका वनकाली र त्रिनेत्रश्वर महिला समूहका ४० जना महिलाको सहभागिता थियो । कार्यक्रममार्फत उद्यमी र व्यवसायी बनाउन महिला समूहलाई तालिमसँगै आर्थिक सहयोग पालिकाले गर्नेछ । त्यसका लागि महिलाले समूह वा एकल रूपमा काम गर्न सक्नेछन् । वडाध्यक्ष सानुकाजी कायस्थले महिलालाई सक्षम बनाउन वडा कार्यालय तथा पालिकाले सहयोग गर्ने योजना बनाए पनि माग नआएको गुनासो गरे । कार्यक्रममार्फत महिलालाई उद्यमी बन्न उनले आग्रह गरे ।