सरकारले आगामी बर्ष अर्थात २०७८ सालमा सार्वजनिक बिदा थप गरेको छ । जसअनुसार,तीन बर्ष अघि प्रधानमन्त्री ओली हुँदा कटौतीमा परेका चार वटा चाडपर्व बिदा पुन कायम भएको हो । यो सँगै २०७८ सालमा शनिवारबाहेकका सार्वजनिक बिदा २३ दिन हुने भएको छ ।
२०७८ सालमा दशैमात्र तीन वटा परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । यस्तै यो बर्ष बडादशैं असोजमा परेको छ भने ७८ सालको चैते दशैं चैत्र २५ मा परेको समितिले जनाएको छ ।
२०७७ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा २३ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी छ । बैशाखमा एक दिन सार्वजनिक बिदा रहेको छ भने जेठमा पनि एक दिन सार्वजनिक बिदा रहेको छ । त्यस्तै, असार र साउन, मंसिरमा सार्वजनिक बिदा छैन । भदौमा दुई दिन, ६ दिन, कार्तिकमा ४ दिन र पौष, माघ र फागुनमा एक/एक दिन र चैत्रमा दुई दिन सार्वजनिक बिदा परेको छ ।
बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
यता गृह मन्त्रालयले भने २०७८ सालका केही पर्वहरुमा तीन बर्ष अघि कटौती गरिएको बिदा फेरि कायम गरेसँगै ४ दिन बिदा थपिने भएको हो । जसअनुसार जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । जसअनुसार ६ भदौ जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । अन्य विदा भने कायमै राखिएको छ ।जसअनुसार,२०७८ सालमा ५२ वटा शनिवारसमेत जोड्दा ७५ दिन सार्वजनिक बिदा हुनेछ ।