प्रथम ढोला सास्कृतिक,पर्यटन तथा खेलकुद महोत्सव हुने

  • प्रकाशित मिति : March 21, 2021
  • sthaniyasarkar.com

धादिङ । रंगको पर्वका रूपमा मनाइने होली आइतबारदेखि विधिवत सुरुवात भएको छ । हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाइने होलीलाई फागु–पूर्णिमा पनि भनिन्छ।

फागु पुर्णिमाको दिन पारी धादिङ ज्वालामुखी गाउँपालिकामा सांस्कृतिक महोत्सव हुने भएको छ। धादिङ ज्वालामुखी गाउँपालिका वडा न. ४ को आयोजना र बसाह मण्डलि संरक्षण समितिको सह –आयोजनामा बृहत पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव सन्चालन हुने भएको हो।

स्थानिय क्षेत्रका धार्मिक महत्त्व बोकेका मठ मन्दिर,स्था निय क्षेत्रमा उत्पादन हुने सामाग्री र पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरुको प्रचार गर्नु महोत्सवको मुख्य आकर्षण भएको वडा अध्यक्ष कृष्ण ब. गुरुङले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, लोक गायक खुमन अधिकारी, बाल गाइका नबिना केसि साथै थुप्रै कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

कार्यक्रममा स्थानिय खेलाडिहरुलाई सम्मान कार्यक्रम पनि रहेको वडा अध्यक्ष  गुरुङले जानकारी दिएका छन् । उक्त महोत्सव कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा सन्चालन हुने भएको छ।

यस वर्षको फागु पूर्णिमा पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते परेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

साथै तराइमा होली गायन र नृत्यसहित विशेष किसिमले यो पर्व मनाइन्छ। विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई तीन दिनसम्म होली पर्व उल्लासमय रूपमा मनाउने चलन छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। गत वर्ष कोरोना भाइरस महामारीका कारण भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरिएको थियो । यस वर्ष पनि स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउनुपर्ने अवस्था कायमै छ।