दाङको राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप

  • प्रकाशित मिति : March 12, 2021
  • sthaniyasarkar.com

दाङ । दाङको राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ विरुद्ध खोप लगाएका छन् ।

नेपाल सरकारले ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसंगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाएका राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द बाट ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप लगाइएको थियो ।

५ वर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केहि जेष्ठ नागरिक नरहेको कारण शत प्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिए ।