काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना केन्द्रिय सदस्य र सांसदहरुलाई तयार (अलर्ट) रहन दिर्नेशन दिएको छ।
उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्य तथा सांसदहरुलाई अलर्ट रहन भन्दै आज फेरि पेरिसडाँडा बोलाएको हो।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि आज दिउँसो १२ बजे बोलाएको केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए।
त्यस्तै प्रचण्ड–नेपाल समूहले अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ। छलफल के विषयमा गर्ने भनेर खुलाइएको छैन।
यस्तै आज सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सो सहमतिमा विप्लवमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा गरिएको छ।