नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै

  • प्रकाशित मिति : March 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

भोलि शुक्रबार दिउँसो १ बजेलाई संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो।

 

फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुको भनाइ रहेको छ।