काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू आज चितवन जाँदै छन् । उनीहरु सभापति शेरबहादुर देउवासहित चितवन जाने भएका हुन् ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताहरु दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन चितवन जानलागेका हुन् ।
फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएका रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुने कार्यक्रममा सहभागिता जनाउन उनीहरु चितवन जान लागेका हुन् ।
रानाभाट नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ बाट २०६५ मा प्रतिनिधिसभामा निर्वाचित बनेका थिए । यसका सथै उनले काँग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्ष आदि विभिन्न भुमिका निर्वाह गरेका थिए ।