काठमाडौं- बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८०० सय रुपैँयाले बढेर ९४ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा ८०० सय रुपैयाँले बढेर ९३ हजार ८०० सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।