सकियो नेकपा स्थायी समिति बैठक

  • प्रकाशित मिति : December 13, 2020
  • sthaniyasarkar.com

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक सकिएको छ ।

नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहे ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।