अस्ताए फुटबल स्टार म्याराडोना

  • प्रकाशित मिति : November 26, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
कार्डिक अरेस्टका कारण उनको ६० वर्षको उमेरमा निधन भएको हो।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।