नेकपा सचिवालय बैठक सकियो,स्थायी कमिटीको बैठक मंसिर १८ गते

  • प्रकाशित मिति : November 18, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

दोस्रो तहका नेताहरूको सक्रियतापछि सत्तारुढ नेकपाको संकट तत्कालका लागि टर्ने देखिएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएपछी बैठक केही समयलाई स्थगित गर्ने भएको हो ।
यता स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक मंसिर १३ गते बस्नेछ ।